गरीवी निवारण कार्यक्रम
कार्यक्षेत्र ः टिकुलिया, पटेर्वा र बेलही गा.वि.स सप्तरी जिल्ला
लक्षित सामुदाय ः दलित, गरीब, महिला, बालबालिका एवं भूमिहिन
दार्त संस्था ः गरीवी निवारण कोष
जन चेतना दलित संगम द्धारा गरीवी निवारण कोष को सहयोगमा सप्तरी जिल्लाका टिकुलिया, पटेर्वा र बेलही गा.वि.स.मा सामुदायिक सशतिmकरण कार्यक्रम २०६६ साल माघ १५ देखी २०७३ अषाढ मसान्त सम्म संचालन भएको थियो । लक्षित सामुदायको मागको आधारमा आधारित पद्धती बाट काम गरीएको थियो । लक्षित सामुदायले आफनो आवश्कयता पहिचान गरी आफै योजना निर्माण तथा कार्यान्वयन समेत गर्ने गरेका थिए । गरीवी निवारण कार्यक्रम अन्तर्गत चार प्रमुख आधार स्तम्भहरु रहेका छन । सामाजिक परिचालन, क्षमता अभिबृद्धि, भौतिक पुर्वाधार र आयआर्जनका कार्यक्रमहरु संचालन गरी लक्षित सामुदायको जिविकोपार्जनका सहयोग पुगेका छन । नेपाल सरकारको दशौपन्चवर्षिय योजना अनुसार २०१५ सम्म आधा गरीबी घटाउने योजना अनुरुप यो गरीवी निवारण कोेष नेपालको ४० जिल्लामा संचालन हुदै आएको थियो ।
कार्यक्षेत्रमा ४५ सामुदायिक संस्था, ३ कृषि सहकारी संस्था गठन गरी दलित २८२ जनजाती २३४ मुस्लिम १३५ अन्य ४६५ गरी कुल १११६ घरपरीवार लाभान्वित भएका छन । ४५ वटा सामुदायिक संस्था आयआर्जन कार्यको लागी कोष बाट अनुदान रकम रु.१२१३९४७४ सामुदायिक १० प्रतिशत योगदान रकम रु.१११०१२५ गरी कुल रकम रु. १३२४९५९९ घुमतीकोषमा जम्मा भई सदस्यहरुको माग अनुसार आयआर्जन कार्यमा घुमतीकोषको रकम परिचालन हुदै आएका छन ।
स्थानिय सुशासन तथा जवाफदेहिता कार्यक्रम
अन्तराष्ट्रिय सहयोग तथा अध्यन केन्द्र सेसी स.गको सहयोगमा जनचेतना दलित संग द्धारा अगस्त५,२०१५ देखी सप्तरी जिल्लाका मधुपटी, दौलतपुर, टिकुलिया, पटेर्वा, मलहनिया, मौवाहा, बेलही, रामनगर र रौतहत गरी १० गा.वि.स.मा स्थानिय सुशासन तथा जवाफदेहिता प्रान कार्यक्रम संचालन हुदै आएको थियो । यो कार्यक्रमको माध्यमले लक्षित सामुदाय तथा सिमान्तकृत बर्गको सहभागीता, लैगिक तथागरीबमुखी बजेट निर्माण तथा कार्यान्वयनका लागी स्थानिय सरकारलाई जवाफदेहि बनाउन, व्यातिmगत सामाजिक सुरक्षाभतामा पहुँच बृद्धि गर्न र आधारभुत शिक्षामा पहुँचमा सुधार गन र स्थानिय निकायलाई पारदर्शी, समाबेशी तथा जवाफदेहि सार्वजनिक वित व्यवस्थापनका लागि राष्ट्रिय उपयुतm वातावरणमा सुधार गर्ने उदेश्यले यो कार्यक्रम संचालन भएको हो ।
कार्यक्रम अन्तर्गत भएका मुख्य कृयाकलापहरु ः
१. सामुदायिक अंक पत्र(प्राथमिक विधालयहरुको शैक्षिक गुणस्तर र दलित तथा छात्रा छात्रबृति)
२. बजेटको सरलीकरण खुलासा गरी बजेट बारे सचेतना
३. बजेटको समाबेशी तथा गरीबमुखी बजेट विश्लेषण
४. सार्वजनिक परीक्षण तथा सार्वनिक सुनुवाई
५. सुचनाको हक
यि कृयाकलापहरु संचालन गरी लक्षित सामुदायलाई स्थानिय निकायमा पहुँच अभिबृद्धि संगै निकायलाई जवाफदेही, पारदर्शी संगै सुशासन कायम गर्न सफल भएको थियो ।
संस्था दीगो परीवर्तन कार्यक्रम
कार्यक्रम अवधी ः २००५ देखी २००८ सम्म
लक्षित सामुदाय ः संस्थाका कार्यसमिति तथा कर्मचारी
दार्तसंस्था ः सेभ द चिल्ड्रेन र सृजना सामुदायिक विकास केन्द्र चोहर्वा
नेपालका गैससहरुको क्षमता विकास गर्ने उदेश्ले सेभ द चिल्ड्ेनको आर्थिक सहयोगमा सन २००५ जुलाई देखी २००८ सम्म संस्था दीगो परीवर्तन कार्यक्रम संचालन भएको थियो । ये कार्यक्रम खासगरी शिक्षा, स्वास्थ्य र आयआर्जन कार्यक्रम संचालन भएको गैससलाई गुणस्तरिय सेवा प्रदान गर्न सक्ष बनाउने अभिप्रायले संचालन भएको थियो । संस्थाको संस्थागतविकासमा सहयोग गर्न संस्थाका कार्यसमिति तथा कर्मचारीहरुलाई संस्थागत विश्लेषणको आधारमा सुशासन तथा नेतृत्व विकास तालिम, वितिय व्यवस्थापन तालिम,रणनैतिक योजना निर्माण तथा परीमार्जन गोष्ठी, श्रोत परीचालन तालिम, कार्यगत व्यवस्थापन तालिम संचालन भएको थियो ।
कार्यक्रमको मुख्य उदेश्य गै.स.स.हरुको क्षमता अभिबृद्धि गरी महिला, बालबालिका तथा पिछडीएको सामुदायमा संचालित स्वास्थ्य, शिक्षा, आयआर्जन कार्यक्रमको संचालन प्रकृयामा सुधार ल्याउने ।
उदेश्य नं. १. स्थानिय गै.स.स.साझेदार संस्था र मध्यस्थ सहयोगी संस्थाको संचालन प्रकृयामा सुधार ल्याृउने ।
उदेश्य नं. २ गै.स.स. र सरकारी निकाय र निजी क्षेत्रको विचमा सम्पर्क अभिबृद्धि गर्ने ।
उदेश्य नं. ३ गै.स.स. र सरकारी निकाय र निजीषेत्रको बीचमा कार्यक्रमसंग सम्बन्धीत सिकाई आदान प्रदानमा अभिबृद्धि गर्ने ।
यो कार्यक्रमले संस्थामा सुशासनका निम्ती निति नियमावली निर्माण, आर्थिक निति, कर्मचारी निति, संस्थाको रणनैतिक योजना निर्माण , वार्षि प्रतिवेदन प्रकाशन जस्ता कार्यमा सहयोग पभएको थियो ।